मोटर ¥याली हुने

मोटर ¥याली हुने

पर्वतीय खेलकुद महासंघ नेपाल र रोटरी क्लब, विराटनगरको विशेष सहयोग तथा नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) को आयोजनामा चौथो सिन्सियर सिटिजन्स मोटर ¥याली मंसिर १५ गतेदेखि हुने भएको छ ।
¥याली विराटनगरको महेन्द्रचोकबाट प्रारम्भ भइ इटहरी, धरान, भेडेटार, धनकुटा, हिलेहुँदै पाख्रिवासमा पुगेर टुंगिनेछ । नासाका सदस्य एवं ¥याली संयोजक कविन श्रेष्ठका अनुसार उपत्यका बाहिरबाट ¥यालीको प्रारम्भ हुन लागेको यो पहिलो अवसर हो । ¥यालीको नतिजा मंसिर १६ गते प्रकाशित गरिनेछ ।
‘साहसिक खेल, पर्यटक प्रवद्र्धन र विकासको पूर्वाधार । शान्ति एकता र सामाजिक सद्भाव, नयाँ नेपालको आधार’ भन्ने नाराका साथ हुन लागेको ¥यालीमा १ सय प्रतिस्पर्धी सहभागी हुनेछन् । एक मोटरमा दुई जना रहने प्रावधान छ । अफिसियल संख्या १ सय रहने बताइएको छ ।
शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । ¥यालीका दौरान सडक सुरक्षाको सन्देश पनि प्रवाह गरिने आयोजकले जनाएको छ ।