प्रहरीलाई वीच भलिबल उपाधी

प्रहरीलाई वीच भलिबल उपाधी

नेपाल प्रहरीले तेश्रो राष्ट्रिय पुरुष वीच भलिबलको उपाधी आफ्नो पक्षमा पारेको छ । 
पोखराको फेवा लेकमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल प्रहरीको भरत शाह र चन्द्र कुँवरको जोडीले सशस्त्र प्रहरी बलको एपिएफको सुनिल श्रेष्ठ र खुसी चौधरीको जोडीलाई १९÷२१, २१÷१६ र १५÷१० ले पराजित गरेका थिए । 
प्रतियोगितामा प्रहरीका भरत शाह प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी र फाइनल तथा सेमिफाइनलका समेत उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले प्रमाण पत्रका साथ नगद १५ सय र गिफ्ट प्राप्त गरे । 
नेपाल भलिबल संघको बार्षीक कार्यक्रम तथा पश्चिमाञ्चल जिल्ला भलिबल संघको आयोजनमा संचालित प्रतियोगितामा नेपाली सेनाको टोली तेश्रो भयो । तथा एपिएफको बी टोली चौथो भयो । 
प्रथम, दोश्रो र तेश्रो हुने टोलीले २०, १५ र १० हजार नगद सहित ट्रफि प्रमाण पत्र प्राप्त गरे । त्यस्तै चौथो हुने टोलीले सान्त्वना बापत नगद ५ हजार प्राप्त ग¥यो । 
प्रतियोगिताको प्रथम, द्वितीय तथा तृतीयको नगद पुरस्कार क्रमश एभरेष्ट बैंक, पोखरा लाईन्स क्लब र बगर भाईखलकले प्रायोजन गरेका थिए । 
विजेताहरु, तथा प्रतियोगितामा सहयोग पु¥याउनुहुने विभिन्न सहयोगी महानुभाव तथा संघ संस्थालाई नेपाल भलिबल संघका अध्यक्ष लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।