पण्डित सम्मानित

 

पण्डित सम्मानित

रापती समाज काठमाडौंले अल्ट्रा धावक सञ्जय पण्डितलाई बिहीबार सम्मान गरेको छ । धावक सञ्जयले ८ हजार १ सय ६३ मिटर उचाइको मनासलु हिमालको सफल आरोहण गरेकोमा उनको साहसको कदर गर्दै समाजले सम्मान गरेको हो ।
पूर्व अर्थ मन्त्री एवं नेपाली कंग्रेसका नेता डा. रामशरण महतले सञ्जयलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा द याक माउन्टेन गेयरले सञ्जयलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको जानकारी गराइएको थियो । त्यसवापत सञ्जयले वार्षिक २ लाख बराबरको सामाग्री प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले सञ्जयलाई सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा राखेप उपाध्यक्ष पिताम्रब तिम्सिना, रापती समाज काठमाडौंका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।